वीरगन्ज :

वडाध्यक्ष र वडासचिव ७० हजार घुससहित पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन् ।

उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *