वीरगन्ज :

वडाध्यक्षअन्सारीको सिफारिसमा नेपाली नागरिकता दिलाउने नक्कली बुवा पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.6kViews
1053 Shares

जनकपुर,०६ चैत ।  सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति अमानत मिया हुन्।

भारतको बिहार राज्यको मधुवनी देउधाका निवासी मुस्ताक मियाँले २०८० असार महिनामा नेपाली नागरिकता प्राप्त गरेका थिए। नागरिकता प्राप्त गर्नका लागि मुस्ताकको फारम सिफारिस गर्न अमानत मिया र रजिना खातुनले नक्कली आमाबुवा बनेर वडाध्यक्ष रुस्तम अन्सारीको रोहवरमा प्रक्रिया अगाडि बढाएका थिए।

स्थानीय एक नागरिकले अमानत मियाँलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। अहिले वडाध्यक्ष अन्सारीको खोजी भइरहेको छ। आरोप छ कि भारतीय नागरिक मियाँले नागरिकता सिफारिसको लागि वडाध्यक्ष अन्सारीलाई एक लाख भारु दिए।

यस विषयलाई जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले संसदमा उठाएका थिए र पछि जसपा नेपालका नेता विजय यादवको नेतृत्वमा सिराहाका सिडिओ बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएर वडाध्यक्षसहितको कारबाहीको माग गरिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *