वीरगन्ज :

लोसपामा विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताए । उनले आजको बैठकमा यथाशीघ्र पार्टीको संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णय भएको पनि बताए ।

नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *