
श्रेणी : मधेस
बीरगन्ज,१२ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। शनिबार बीरगन्जस्थित होटल पुजनमा आयोजित कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य जटाशंकर गुप्ता र अवस्थी जोशी जसपामा सामेल भएका हुन्।
उक्त अवसरमा जसपाका केन्द्रीय अध्यक्ष अशोक राई, खानेपानी मन्त्री प्रदीप यादव, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, महासचिव मोहम्मद इश्तियाक राई लगायत नेताहरूले नवप्रवेशीहरूको स्वागत गरे।
यसअघि लोसपाका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तमलाल झा पनि जसपामा प्रवेश गरेका थिए।
खानेपानी मन्त्री प्रदीप यादवले लोसपाका नेताहरूको प्रवेशले जसपाको सिद्धान्तप्रति विश्वास र समर्पणलाई अझ बलियो बनाएको बताउँदै समाज परिवर्तन र समृद्धिको यात्रामा पार्टीलाई अझ उचाईमा पुर्याउने आत्मविश्वास व्यक्त गरे।

प्रतिक्रिया