वीरगन्ज :

लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानबिनको माग

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.3kViews
1608 Shares

काठमाडौं,३१ जेठ । मधेशकेन्द्रित सात राजनीतिक दलको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा देखिएको मानव तस्करीको आशंकाप्रति गम्भीर चासो जनाउँदै छानबिनको माग गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसाको नाममा आपराधिक क्रियाकलाप भइरहेको भन्दै यथाशीघ्र छानबिन गरी दोषीलाई सार्वजनिक गर्न र कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

मोर्चामा आवद्ध दलहरूमध्ये एक, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकपछि जानकारी दिँदै भने,

“भिजिट भिसा प्रकरणमा मानव तस्करीको गन्ध आएको छ। त्यसैले निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गरिनुपर्छ र संलग्न व्यक्तिमाथि कडा कारबाही गर्नुपर्छ।”

बैठकले साझा उद्देश्य प्राप्त गर्नका लागि आदिवासी जनजाति समुहसँग आवद्ध दल, संस्था र संगठनहरूसँग सहकार्य गरी संयुक्त संघर्ष अघि बढाउने निर्णय पनि गरेको छ। यसको लागि छिट्टै संवाद प्रक्रिया थाल्ने तयारी रहेको जानकारी दिइएको छ।

मोर्चाको आन्तरिक कार्यसञ्चालन सहज बनाउन सचिवालयले तयार पारेको कार्यविधिमा सदस्य दलहरूको सुझाव लिने र त्यसको आधारमा अर्को बैठकमा अन्तिम रूप दिने निर्णय पनि गरिएको महतोले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *