श्रेणी : अन्तर्राष्ट्रिय
लेबनानको संसदको १२ औँ अधिवेशनमा नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ । राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पारेका छन् ।
उनलाई देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त थियो । निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरको ५९ मत आएको छ भने उनका प्रमुख प्रतिद्वन्द्वी फ्रान्गिहको ५१ मत आएको छ ।
पहिलो मतदानमा दुवैले दुई तिहाइ बहुमत वा कुल ८६ मत प्राप्त गरेका थिएनन् भने त्यसपछि लामो समयसम्म गणपूरक सङ्ख्या नपुगेका कारण दोस्रो चरणको मतदान हुन सकेको थिएन । सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन ।
प्रतिक्रिया