श्रेणी : प्रदेश
काठमाडौं,२५ पुस । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले बताए ।
उनका अनुसार, अनिललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्ता गरेका थिए ।गत सोमबार मोरङ जिल्ला अदालतले अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीमाथि वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाशप्राप्त सप्तरीका बैआलाल चौधरीबाट रकम लिएको आरोप छ । चौधरीकी छोरीको नाम एमबीबीएसमा निकालिदिने नाममा अनिलले २०७१ देखि ०७३ को बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझेको आरोप लागेको छ ।
प्रतिक्रिया