वीरगन्ज :

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीलाई ७ दल र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका गिरीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका थिए । लुम्बिनीमा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *