वीरगन्ज :

लुम्बिनीमा सरकार गठनका लागि दलहरुले दाबी पेश गर्दै

श्रेणी : समाचार

2 years
birgunj report
120Views
0 Shares

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिँदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न आज अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन । मुख्यमन्त्री शेरचनले गत मंगलबार सुचना जारी गरेर दावी पेश गर्न आह्वान गरेका थिए ।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कसको नेतृत्वमा सरकार गठन हुने भन्ने अझै टुंगो लागेको छैन । एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए । दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *