
श्रेणी : BANNER
9Views
0
Shares
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी सरकारमा सहभागी भएका थिए ।
माओवादीले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने बताएको छ । माओवादीले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया