वीरगन्ज :

लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर

श्रेणी : BANNER

2 years
birgunj report
29Views
0 Shares

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदको हस्ताक्षर बुझाइएको छ ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ८ दल र १ स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । नेपाली कांग्रेसका २७ जना, माओवादी केन्द्रका १०, जनमत पार्टीका चार जना, जसपा, लोसपा, नागरिक उन्मुक्तिका ३/३ जना , नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद १/१ जनाको हस्ताक्षर बुझाइएको हो ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई समर्थन गरेका २५ सांसदहरूले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

माओवादी केन्द्रका (सभामुख बाहेक )१०, जनमत पार्टीका ४, जसपा लोसपा, नागरिक उन्मुक्तिका ३/३, नेकपा एस १ र १ स्वतन्त्र सांसदहरूले समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । सांसदहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

गिरी एमाले, माओवादी केन्द्र, राप्रपा, जनमतलगायत पार्टीको समर्थनमा पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत लिएका थिए ।

त्यतिबेला मुख्यमन्त्री गिरीलाई ५८ जना सांसदले विश्वासको मत दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *