वीरगन्ज :

लिटिलबडी इन्टरनेशनल प्रि-स्कुल : शिक्षिका एवं कर्मचारीहरुलाई ‘सँस्था एक परिवार’ सम्बन्धी तालिम

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1868 Shares

वीरगंज (पर्सा), ८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलले आफ्नो शिक्षिका एवं कर्मचारीहरुलाई ‘सँस्था एक परिवार’ सम्बन्धी एकदिने तालिम दिएको छ । विद्यालयमा बालबालिकाहरुलाई हेरचाहदेखि अध्यापन गराई रहेका शिक्षिकाहरुलाई साना साना बालबालिकाहरुसँग कसरी व्यवहार गर्ने, उनीहरुको दैनिकी क्रियाकलापहरुलाई प्रयोगात्मक तरिकाले कसरी सिकाउने, अभिभावकहरुसँग कसरी व्यवहार गर्ने लगायतको बारेमा तालिम दिइएको थियो ।

तालिममा वीरगंज युवा समाजका सँस्थापक अध्यक्ष कमल चौगाईले प्रशिक्षण दिएका थिए । स्कुलमा अध्ययनरत साना साना बालबालिकाहरुलाई शिक्षक, शिक्षिकाहरुले पढाउँदै, सिकाउँदै, खेलाउँदै एवं दैनिकी क्रियाकलाहरुलाई प्रयोगात्मक तरिकाले देखाई अध्यापन गराउने कार्यले नै एक वर्षको अन्तरालमा अभिभावकहरुको मन जित्न सफल भएकोले सम्पूणर् विद्यालय परिवारको मेहनतलाई धन्यवाद समेत दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार बलको सभापतित्वमा आयोजित कार्यक्रममा माउण्ट मकालु स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तव, समाजवादी प्रेस संगठनका सदस्य एवं विद्यालयका प्रेस सल्लाहकार दिपु वणर्वाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *