श्रेणी : कला / साहित्य
वीरगंज (पर्सा), १३ माघ । वीरगंज पानीटंकी स्थित लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलले आफ्नो प्रथम बाषिकोत्सव धुमधामका साथ मनाएको छ । होटल क्लासिक बैंक्वीटमा आयोजित बार्षिकोत्सवमा प्रमुख अतिथि सामाजिक अभियन्ता एवं वीरगंज युवा समाजका सँस्थापक अध्यक्ष कमल चौगाई, अतिथिहरु विद्यालयका निर्देशक सृजना श्रेष्ठ, राहुल श्रीवास्तव, प्याब्सन पर्साका प्रतिनिधिहरु सनी पाख्रिन, सुरज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी हरिशंकर शर्मा, दिपु वर्णवाल, रोट्रयाक्ट वीरगंज मेट्रोपोलिसका सँस्थापक अध्यक्ष प्रकाश कर्ण, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा लगायत वीरगंज स्थित विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक वर्षको अवधिमा त्यहाँ अध्ययनरत बालबालिकाहरुमा आएको परिवर्तनका क्रियाकलापहरुबारे प्रदर्शन गरिएको थियो । पि.जी.देखि युकेजीसम्मका बालबालिकाहरु विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । साथै अभिभावकहरुलाई मनोरञ्जन गराउनका लागि कपल डान्स प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसमा विजयी हुने अभिभावकलाई पुरस्कृत गर्नुका साथै विद्यालयलाई एकवर्षको अवधिमा यहाँसम्म ल्याउन योगदान पु¥याए वापत शिक्षिका एवं कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।
प्रधान कार्यालय युनाइटेड किङडमको लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रि–स्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । साथै नेपालको मधेश प्रदेशमै पहिलो वीरगंजमा यसको शाखा पानीटंकी स्थित विगत १ वर्षदेखि संचालनमा रहेको छ ।
एक वर्षको अवधिमा बालबालिकाहरुको अध्ययनदेखि विभिन्न क्रियाकलापहरुमा परिवर्तन ल्याई अभिभावकहरुको मन जित्न सफल लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुल वीरगंज शाखामा हाल ५५ जना बालबालिकाहरु अध्ययनरत छन् भने विद्यार्थी भर्ना धमाधम भइरहेको प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए । कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयबाट आफ्नो बालबालिकाहरुले पाउने गरेको गुणस्तरीय शिक्षाबारे प्रसंशा गरेका थिए ।
साना साना बालबालबालिकाहरुलाई अध्ययनको साथसाथै यहाँका सँस्कृतिबारे प्रयोगात्मक क्रियाकलापबाट सिकाउने गरेको कारण बालबालिकाहरु घर भन्दा पनि विद्यालयमा रुचाउने गरेको अभिभावकहरुको भनाई थियो । आफ्ना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेको दुई महिनादेखि एक वर्षको अवधिमा आएको परिवर्तन सह्रानीय रहेकोले यस विद्यालयले बालबालिकाको साथसाथै अभिभावकको पनि मन जित्न सफल भएको उनीहरुको भनाई थियो ।
प्रतिक्रिया