वीरगन्ज :

लिङ्देनसहित नेताहरू पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्दै

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.9kViews
1130 Shares

काठमाडौं,०७ बैशाख । अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरू पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक बैठक बोलाएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक पार्टी कार्यालयमा केही बेरमा सुरु हुनेछ।

बैठकमा आज सिंहदरबारभित्र गरिएको जनप्रदर्शनको समीक्षा गर्नुका साथै पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित प्रदर्शनमा सहभागी अन्य नेताहरूलाई प्रहरीले आज सिंहदरबारभित्रैबाट पक्राउ गरेको थियो। उनीहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

आजको प्रदर्शन र नेताहरूको गिरफ्तारीपछि उत्पन्न परिस्थितिबारे छलफल गरी पार्टीले थप कदम चाल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *