वीरगन्ज :

लिग २ अन्तिम भिडन्त : नेपाल आज नेदरल्याण्ड्सविरुद्ध मैदान उत्रँदै

श्रेणी : अन्तर्राष्ट्रिय

3 weeks
Pradeep Sah
2.6kViews
1644 Shares

काठमाडौं,२७ जेठ । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा सुरु हुनेछ।

नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेको पहिलो खेलमा शानदार जित निकालेको थियो। तर आइतबार स्कटल्याण्डविरुद्ध ऐतिहासिक जितको सम्भावना बनाए पनि त्यसमा चुक्दै महत्वपूर्ण मौका गुमाएको थियो। त्यसैले आजको खेल नेपालका लागि आत्मविश्वास पुनः प्राप्त गर्ने अवसर हुनेछ।

शृंखलामा नेदरल्याण्ड्सले हालसम्म कुनै पनि खेलमा जित हात पार्न सकेको छैन। नेपाल र स्कटल्याण्डसँग खेलेका दुवै खेलमा नेदरल्याण्ड्स पराजित भएको छ। उनीहरूलाई आजको खेल जितेर शृंखला सुखद समापन गर्ने दबाब छ।

हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय (ODI)मा नेपाल र नेदरल्याण्ड्सबीच ६ पटक आमना–सामना भएको छ। दुबै टोलीले ३–३ खेल जितेर बराबरी स्थितिमा छन्। पछिल्लो समय, कीर्तिपुरमा भएको शृंखलामा दुवै टोलीले एक/एक खेल जितेका थिए।

लिग २ को अंकतालिकामा नेदरल्याण्ड्स २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल १५ खेलबाट १० अंक बटुल्दै सातौं स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *