वीरगन्ज :

लायन उद्धव गुप्ता जोन चेयरपर्सनमा मनोनयन, आभार व्यक्त

श्रेणी : अन्तर्राष्ट्रिय

6 hours
Pradeep Sah
2.7kViews
1211 Shares

काठमाडौं, वैशाख १६ — अन्तर्राष्ट्रिय लायन्स संस्था, डिस्ट्रिक्ट ३२५ पी नेपाल (LY २०२५/२६) अन्तर्गत लायन उद्धव गुप्ता जोन चेयरपर्सन पदमा मनोनयन हुनुभएको छ। यस महत्वपूर्ण जिम्मेवारीका लागि उहाँले सम्पूर्ण लायन्स अभिभावक, लायन्स लिडर तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

लायन उद्धव गुप्ताले आफूलाई यो गरिमामय जिम्मेवारी प्रदान गर्नुहुने गभर्नर PMJF लायन बलराम भट्टराइ ज्यूप्रति विशेष धन्यवाद ज्ञापन गर्दै, सधैं प्रेरणा र समर्थन प्रदान गर्नुहुने लायन रजन कुँवर सर र अभिभावक लायन अनुप पहारी सरप्रति समेत गहिरो कृतज्ञता प्रकट गर्नुभएको छ।

त्यसैगरी, आफ्नो लायन्स यात्रामा ऊर्जा र हौसला प्रदान गर्नुहुने लियो/लायन सरोज महतो, संस्थापक गभर्नर PMJF लायन नवराज न्यौपाने, पूर्व गभर्नर IPDG PMJF लायन अर्जुन सैंजु, तथा हालका गभर्नर MJF लायन पुरुषोत्तम प्रधानांग ज्युप्रति समेत उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।

आगामी वर्ष २०२६/२७ का गभर्नर तथा मार्गदर्शक लायन (Guiding Lion) MJF लायन सन्दीप कसौधन दाइ र Elect 2nd Vice Governor PMJF लायन मीना पन्थी रेग्मी ज्युप्रति समेत उहाँले हार्दिक आभार प्रकट गर्दै आगामी सहकार्यप्रति उत्साहित रहेको बताउनुभएको छ।

लायन उद्धव गुप्ताले लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमसँग सहकार्य गर्दै काठमाडौं क्षेत्र नं. १ (Kathmandu Area 1) अन्तर्गत सेवा, नेतृत्व र मानवियताका कार्यहरूमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले “Happy Heart’s Helping Hands” नारालाई आत्मसात् गर्दै लायन्स आन्दोलनलाई थप उचाइमा पुर्याउने दृढ विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *