वीरगन्ज :

लायन्स क्लबद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.0kViews
1155 Shares

वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे आयाेजनामा बिहिबार वीरगंजस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगंज आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा भएकाे शिविरमा २५२ जना विद्यार्थीहरूकाे दाँत चेकजाँच भएकाे क्लबका अध्यक्ष लायन सुनिल गुप्ताले जानकारी दिए ।

शिविरमा वीरगंज आँखा अस्पतालका दन्त चिकित्सक डा. अजय कुमार अस्थानाले विद्यार्थीहरुकाे दाँत परिक्षण गरेका थिए । शिविरमा चेकजाँच गराएकाहरु मध्ये दाँतमा समस्या देखिएका केहि विद्यार्थीलाई अस्पतालले ५०% छुटमा उपचार गरिदिने व्यवस्था गरिएको क्लबका अध्यक्ष गुप्ताले बताए ।

क्लबका अध्यक्ष गुप्ताकाे अध्यक्षतामा भएकाे शिविरमा क्लबका सचिव दीपेन्द्र प्रसाद यादव, सदस्य विजय कुमार गुप्ता, गोविन्द प्रसाद कानु, लियो क्लबका कुनाल गुप्ता, सचिन गुप्ता, कुशल गुप्ता, स्कूलका शिक्षक शिक्षिका, अस्पतालकी स्वास्थ्यकर्मी सोनम तिवारी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा क्लबले विद्यालयका विद्यार्थीहरूलाई दाँत माझ्ने ब्रश पनि वितरण गरेको क्लबले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *