वीरगन्ज :

लामिछानेलाई थुनामा राख्ने आदेशमा सर्वोच्चको त्रुटि सच्चाइयो

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.0kViews
1797 Shares

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

आज सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आज निवेदन परेपछि आजै पेसी तोकिएको थियो । आदेशको शिर खण्ड ’क’ चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *