वीरगन्ज :

लागू औषध ट्याबलेटसहित एक जना पक्राउ

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1277 Shares

वीरगंज । प्रहरीले बाराकाे निजगढ नगरपालिका वडा नं.१६ टांगिया बस्तीबाट मंगलबार विहान लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिकाकाे वडा नं.१६ टांगिया बस्ती निवासी २७ बर्षिय अजय घलानलाई नियन्त्रणमा लिएकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले अजय घलान भन्ने कान्छाराम तामाङको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेको लागु औषध ड्रामाटोल १२०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस ट्याबलेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बरामद ट्याबलेट सहित घलानलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *