वीरगन्ज :

लागू औषधसहित एक जना भारतीय युवक पक्राउ

श्रेणी : कृषि

1 year
Pradeep Sah
2.8kViews
1116 Shares

वीरगंज (पर्सा), २२ चैत । पर्सा प्रहरीले लागू औषधसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला थाना हरपुर – २ निवासी २६ वर्षीय राजकरण साहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । साहको साथबाट प्रतिबन्धित लागूऔषध नुरफिन दुई सय पिस, डाइजेपाम दुई सय पिस र फेनारगन दुई सय पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ फूलबारी टोलस्थित सडक खण्डमा बुधबार दिउँसाे बाराको बलीरामपुरबाट वीरगंजतर्फ आउँदै गरेको साह सवार बीआर ०५ एटी ७३२६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको दुवैतर्फ बोकेर तरकारीहरूको बिचमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद भएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

साहलाई लागु औषध र उक्त माेटसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *