
श्रेणी : प्रदेश
वितार्माेड, २४ पुस । भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिल प्रसाद राई र सोही गाउँपालिका-५ की २९ वर्षीया स्मारिका नेम्बाङ छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको नेतृत्वमा खटिएको टोलीले मगलबार साँझ करिब ८:३० बजे पुरानो मेचीपुल सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
भारतको पानीट्याङ्कीबाट सिटी रिक्सामा काँकडभिट्टातर्फ आउँदै गरेका उनीहरूको झोलाबाट प्रहरीले पतञ्जली दूध बिस्कुटको प्याकेटभित्र लुकाइएको अवस्थामा खैरो हेरोइन बरामद गरेको छ। बरामद लागूऔषधको तौल प्लास्टिकसहित ४ ग्राम ७ सय ३० मिलिग्राम रहेको छ ।
सोधपुछका क्रममा उनीहरूले उक्त लागूऔषध भारतको पानीट्याङ्कीबाट किनेर ल्याएको स्वीकार गरेका छन् । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रतिक्रिया