वीरगन्ज :

लागूऔषध लुकाएर ल्याउँदै गरेका चार जना मकवानपुरबाट पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.7kViews
1023 Shares

मकवानपुर,११ साउन । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती करिब साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागू औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर छन् ।

भारतको सुगौलीबाट पर्साको बीरगञ्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागू औषधसहित उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमध्ये २४ वर्षीय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।

बरामद लागू औषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।

उक्त लागूऔषध उनीहरूले कसरी के प्रयोजनको लागि ल्याइएको हो खुलाउन सकेका छैनन् । नियन्त्रणमा लिएकाहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *