वीरगन्ज :

लागु औषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

लागु औषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
20Views
0 Shares

वीरगंज, पर्सा

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय लागु औषध दिवसको अवसरमा जिल्ला पर्सा बी.म.न.पा. वडा नं.२ छपकैया स्थित रहेको मोडल कलेजमा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका उप-प्रमुख इम्तियाज आलम ले भने लागुऔषध ओसार पोसार तथा लागुऔषध सेवनमा आफ्नो छोराछोरी लाइ लागन नदिनको लागि आग्रह गरेका थिए।

साथै व.प्र.का.विर्ताका प्रमुख विदुर शिवाकोटी र मनिषा लौडरीले मोडल कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध को यसको सेवनले मानिसलाई कस्तो असर गर्छ । यसको सेवान र कारोवार गर्नेलाई कस्तो कार्वाही हुन्छ भन्ने बारेमा जानकारी गराएका थिए।

उक्त कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथि मा भएको कार्यक्रममा
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वीरगंज महानगर पालिका वडा समितिको कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली,वडा नं ३ का वडा अध्यक्ष बैजू स्वर्णकार
सामुदायिक सेवा केन्द्र, छपकैयाका पदाधिकारि वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मि‍या तेली,अरुण कुमार गोयल, ऐहसानुल हक (बिट्टू),मोमिला खातुन,वीरगंज महानगरपालिकाका उप प्रमुख का स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *