वीरगन्ज :

लागु औषध गाँजा र चरेश सहित एक भारतिय पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

8 months
Pradeep Sah
3.0kViews
1291 Shares

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा र चरेश सहित एक भारतियलाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वाबाट खटिएकाे टोलीले भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी निवासी २८ बर्षिय राज अधिकारीलाई पक्राउ गरेकाे हाे ।

नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बुधबार दिउसाे २:१५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटबाट अधिकारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ बिना प्लाष्टिकको २ के.जी.१०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवाष भट्टले जानकारी दिए ।

बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ र चरेश जस्तो देखिने पदार्थ सहित अधिकारीलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *