वीरगन्ज :

लागु औषध गाँजासहित सखुवा प्रसाैनीका ठाकुर पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1222 Shares
वीरगंज । प्रहरीले वीरगंजकाे घण्टाघरबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले साेमबार दिउसाे ४ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.९ घण्टाघरबाट सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ जमुनिया निवासी ५५ बर्षिय ध्रुव ठाकुरलाई पक्राउ गरेकाे हाे ।
घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनमा एक जना अपचिरित व्यक्तिले सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा बस्दै गरेको अवस्थामा खटिएको चेकिङ टोलीले खानतलासी गर्दा ठाकुरले लिएको झोलाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ३ के.जी.५०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

साथै; प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित रहेको एक कवाड गोदामबाट लागु औषध गाँजा बरामद गरेकाे छ ।

गाँजा खरिद बिक्री कार्य भैरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गोदाममा गई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा गोदाम भित्र सुन्योजित तरिकाले लुकाइ छिपाई राखिएको तिन पोका लागु औषध गाँजा ५ के.जी.८०० ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।

कबाड गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा निवासी ३० बर्षिय अरविन्द कुमार गुप्ता हाल फरार रहेको हुँदा निजलाई यस कार्यालयबाट तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको व्यहोरा पर्सा प्रहरीका प्रवक्ता श्रेष्ठले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *