वीरगन्ज :

लागु औषध गाँजासहित दुई जना पक्राउ

लागु औषध गाँजासहित दुई जना पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
56Views
0 Shares

वीरगंज (पर्सा), १३ असोज । प्रहरीले पर्साकाे बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टाबाट लागु औषध गाँजासहित दुई जनलाई पक्राउ गरेकाे छ । प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.९ बिश्रामपुर लाेटल राउत कुर्मी र साेही ठाउँ निवासी देवलाल साह कलवारलाई पक्राउ गरेकाे हाे ।

प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा मिति बिहिबार अन्दाजी ०९:२० बजेको समयमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुबै जनालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुबै जनाले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । त्यसपछि दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा शुक्रबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *