वीरगन्ज :

लागु औषध गाँजासहित एक जना पक्राउ

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.2kViews
1882 Shares
वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले परवानीपुर गाउँपालिकाकाे वडा नं.५ बहुअरी निवासी २६ बर्षिय दिपक पटेललाई पक्राउ गरेकाे हाे ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २७ रामपुरस्थित सडकखण्डमा बिहिबार दिउसाे ३:०० बजेको समयमा खटिएको चेकिङ टोलीले नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३-०२६ प ००९७ नम्बरका मोटरसाईकललाई रोकी चेकजांच गर्दा ६ के.जी.२०० ग्राम लागु औषध गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका पटेलले मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *