
श्रेणी : अपराध
1.9kViews
1900
Shares
रौतहट, २१ माघ । रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका– ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोल बाट उनलाई पक्राउ गरेको थियो । उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया