वीरगन्ज :

लागुऔषध ओसारपसारमा संलग्न दुई भारतीय पक्राउ, भाग्ने प्रयासमा गोली प्रहार

श्रेणी : अपराध

4 hours
Pradeep Sah
2.5kViews
1750 Shares

झापा,२३ माघ । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीको गोली प्रहारपछि दुई भारतीय लागुऔषध कारोबारी पक्राउ परेका छन्। पक्राउ परेकाहरूमा भारत बिहार राज्यको डिगल बैंक थाना निवासी २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलम रहेका छन्।

मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल चालक अन्जार आलमको घुँडामुनि गोली लागेको छ। उनको उपचार प्रादेशिक अस्पताल भद्रपुरमा भइरहेको छ।

प्रहरीका अनुसार उनीहरू बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले उनीहरूको साथबाट लागुऔषध बरामद गरिएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *