वीरगन्ज :

लहावरथकरीका अ.ह.वे. सिन्हाकाे ब्रेन हेमरेजले निधन

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.9kViews
1446 Shares

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा कार्यरत अ.हे.व. अशोक कुमार सिन्हाको अल्पायु मै निधन भएको छ ।

पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर  ४ लहावरथकरी निवासी ३८ बर्षिय सिन्हाकाे शनिबार राति ९ बजेकाे समयमा बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे पकहाँ मैनपुर गाउँपालिकाले जनाएकाे छ ।

उच्च रक्तचापका कारण ब्रेन हेमरेज भएकाे सिन्हाकाे ४ दिनदेखि अस्पताल भर्ना भएका थिए । पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ४ स्थित लहावरथकरी स्वास्थ्य चाैकीमा कार्यरत सिन्हाकाे असमायिक निधन भएकाे शाेकमा पकहाँ मैनपुर गाउँपालिकाले आइतबार शोक बिदा पनि दिईएको छ ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *