
श्रेणी : समाचार
83Views
0
Shares
काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आइतबार राउतलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट विराटनगर जाने क्रममा प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।
राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।


प्रतिक्रिया