वीरगन्ज :

ललितपुर-२ मा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त गरी विजयी भएका हुन् ।

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उनले भने ।

उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे ।

साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *