वीरगन्ज :

ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले अगाडि

श्रेणी : समाचार

2 years
birgunj report
15Views
0 Shares

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ ।

बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गरेका छन् ।

कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाएका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णलाल महर्जन छ हजार चार सय ८६ मतसहित तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले छ हजार ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले चार हजार नौ सय ५८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *