वीरगन्ज :

लमजुङमा ११४ थान अवैध हतियार बरामद, दुई जनाविरुद्ध मुद्दा दर्ता

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.2kViews
1847 Shares

लमजुङ, २४ पुस । प्रहरीले लमजुङका विभिन्न गाउँबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका डीएसपी निशान्त श्रीवास्तवले रातोपाटीलाई बताए । पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको डीएसपी श्रीवास्तवले बताए । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको छ ।

बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको थियो । आफ्नो घरमा रहेका हतियार बुझाउन सूचना नै जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *