वीरगन्ज :

‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

श्रेणी : अर्थ

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ । केही समयदेखि देशका विभिन्न स्थानबाट आएका लघुवित्त पीडितहरु काठमाडौं आएर प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *