वीरगन्ज :

लघुवित्त पीडित फेरि आन्दोलनमा, सहमति कार्यान्वयनको माग

श्रेणी : अर्थ

1 month
Pradeep Sah
1.9kViews
1465 Shares

जनकपुर,१८ पुस । सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै महोत्तरीमा लघुवित्त पीडित पुनः आन्दोलनमा उत्रिएका छन्।

लघुवित्त संस्थाहरूले ऋणीहरूलाई दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै आन्दोलनको अवस्था सिर्जना भएको लघुवित्त तथा वित्तीय संघीय समिति महोत्तरीकी अध्यक्ष शिलम यादवले बताइन्। उनका अनुसार, जिल्लाका झण्डै १ हजार ऋणीलाई पालैपालो धितो लिलामको सूचना पठाइएको छ भने लघुवित्तका कर्मचारीहरूले घरमै पुगेर ऋण तिर्न दबाब दिइरहेको गुनासो व्यापक भएको छ।

गत चैतमा सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमतिमा ऋणीहरूको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची तथा धितो फुकुवा गर्ने प्रतिबद्धता जनाइएको थियो। साथै, वास्तविक पीडितहरूको कर्जा मिनाहा र पुनर्स्थापनाका लागि स्थलगत अध्ययन गरी ६० दिनभित्र समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नहुँदा पीडितहरू पुनः सडकमा उत्रिन बाध्य भएका हुन्।

पीडितहरूले सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनलाई तीव्रता दिने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *