२०८२ बैशाख ५, शुक्रबार

वीरगन्ज :
०७:१४:१५

रौतहट–१ मा माधव नेपाल कि गुप्ता लोकप्रिय ?

श्रेणी : BANNER

2 years
birgunj report
79Views
0 Shares

रौतहट । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नम्बर एकको माहोल तातेको छ ।

सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् । यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दैछन् ।

गौर नगरपालिकाका पूर्वप्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका थिए । २०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगर प्रमुखमा गुप्ता निर्वाचित भएका थिए ।

रौतहटको क्षेत्र नम्बर १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।

नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षमा निर्वाचित र पराजित उम्मेदवारहरुले कूल १९ हजार ६ सय ९८ मत पाएका थिए । नेपाली कांग्रेसले कूल १६ हजार नौ सय ४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार दुई सय ६२ मत पाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले आठ हजार एक सय ९१, एमाले सात हजार तीन सय ८५, जसपाले आठ हजार दुई सय ४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।

स्थानीय युवा नेता अमित ठाकुरले यस क्षेत्रमा चुनावी चहलपहल बढेको र उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न तल्लीन रहेको बताउँछन् । स्थानिय तहको चुनावमा व्यक्ति र नजिकैका पायकपर्ने व्यक्तिलाई दिने मत हो भने प्रतिनिधिसभाको निर्वाचनलाई समग्रमा हेरेर जनताले मतदिने उनको भनाइ छ ।

विद्यार्थी नेता रवि मिश्र स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खासै अर्थ नराख्ने बताउँछन् ।

रौतहट क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्य उम्मेदवार राजकिशोर यादव नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *