२०८२ बैशाख २७, शनिबार

वीरगन्ज :
१०:४५:०६

रौतहट सीमामा २५ लाख रुपैयाँसहित भारतीय हुन्डी कारोबारी पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.9kViews
1865 Shares

रौतहट,२१ फागुन । नेपाल भित्र्याउँदै गरेको २५ लाख नेपाली रुपैयाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको छ। अवैध रुपमा हुन्डी मार्फत रकम ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा मंगलबार साँझ झरौखर नाकामा गरिएको चेकजाँचमा सो रकम बरामद भएको हो।

एसएसबी ७१औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंहको नेतृत्वमा भएको अपरेशनमा भारत बिहार मोतीहारी जिल्लाको घोडासहन माईस्थान चौकका २५ वर्षीय अविनाश कुमार पक्राउ परेका छन्।

पक्राउ परेका अविनाश कुमारले चलाएको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याइएको झोलाबाट नेपाली २४ लाख ७१ हजार र भारतीय ३८ हजार रुपैयाँ बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले जानकारी दिए। सोधपुछका क्रममा अविनाशले आफू लामो समयदेखि हुन्डी कारोबारमा संलग्न रहेको र बरामद रकम बाराको सदरमुकाम कलैया लैजाने तयारीमा रहेको स्वीकार गरेका छन्।

एसएसबीले पक्राउ परेका अविनाश कुमारलाई बरामद रकम र मोटरसाइकलसहित मंगलबार साँझ नै भारतीय झरौखर थानामा बुझाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *