वीरगन्ज :

रौतहटमा स्रोत नखुलेको ३ लाख ५९ हजार नगदसहित दुई जना पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.5kViews
1490 Shares

रौतहट,०५ चैत । स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ ईशनाथ नगरपालिका-४ महुलिया सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

मधेश प्रदेश ०३-०३५ प ६४५५ नम्बरको मोटरसाइकलमा सवार परोहा नगरपालिका-५ का ३५ वर्षीय सहजाद देवान र राजपुर नगरपालिका-४ का ३२ वर्षीय शेख सरसाम शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूको साथबाट कुल ३ लाख ५९ हजार नगद बरामद गरेको छ।

बरामद नगदमध्ये १ सय दरका ३०९ थान नोट र ५ सय दरका १०० थान नोट रहेको प्रहरीले जनाएको छ। रकमको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहको नेतृत्वमा पक्राउ परेका दुवैजनालाई गौर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीका अनुसार बरामद भएको रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *