
श्रेणी : BANNER
2.5kViews
1953
Shares
विरगंज। सिरसिया सडकखण्डमा सुटकेसभित्र मृत भेटिएकी युवतीको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्।
माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीको भारतमा विवाह भएको थियो। उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ को महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन्।
सुटकेसभित्र शरीरको कुइनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि अन्य कुनै चोटपटक नदेखिएको डीएसपी कार्कीले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। मृतकका परिवार प्रहरी सम्पर्कमा आएका छन् भने उनका श्रीमान् पनि भारतबाट नेपाल आएका छन्।


प्रतिक्रिया