श्रेणी : मधेस
      2.5kViews
      
      
      1024
      Shares
      
      
रौतहट,२७ भदौ । ईशनाथ नगरपालिका–१ लाल बकैया नदीमा बिहीबार दिउँसो पौडी खेल्ने क्रममा १५ वर्षीय किशोर बिगन साह बेपत्ता भएका छन्। स्थानीय अनुसार पाँच जना किशोर नदीमा नुहाउन गएका थिए, जसमध्ये चार जना सकुशल बाहिर निस्कन सफल भए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार बेपत्ता किशोरको खोजी स्थानीयवासी र प्रहरीको सहयोगमा जारी छ। अहिलेसम्म उनलाई फेला पार्न सकिएको छैन।
प्रहरीले स्थानीयवासीहरूलाई नदी किनारमा आवतजावत गर्दा सतर्क रहन र सावधानी अपनाउन आग्रह गरेको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया