वीरगन्ज :

रौतहटमा मापदण्डविपरीत सञ्चालनमा रहेको स्केट पार्क शिल

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.6kViews
1302 Shares

रौतहट,१३ माघ । चन्द्रपुर नगरपालिकाले मापदण्डविपरीत सञ्चालन भइरहेको चन्द्रपुर स्केट पार्क शिल गरेको छ। नगरपालिकाको अनुगमन टोलीले स्केटिङ्ग हाउस दर्ता नगरेको, बाल श्रमिक प्रयोग गरेको र सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएकोले तत्काल शिल गर्ने निर्णय गरेको हो।

अनुगमनका क्रममा स्केटिङ्ग गर्ने क्रममा एक किशोर घाइते भएको र त्यसपछि गुनासोहरू बढेको नगरपालिकाले जनाएको छ। चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी, वडा अध्यक्ष रवि राना मगर, र बाल सञ्जालका प्रतिनिधिको टोलीले संयुक्त रूपमा उक्त पार्कमा अनुगमन गरेका थिए।

बञ्जारा कम्प्लेक्सस्थित स्केटिङ्ग पार्कका सञ्चालक प्रेम चौधरी र अनिकित राई दास अनुपस्थित रहेका कारण उनीहरूलाई टेलिफोनमार्फत कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सुरक्षाको दृष्टिकोणले पार्क उच्च जोखिमयुक्त रहेको र दुर्घटना निम्त्याउने खतरा रहेकोले शिल गरिएको नगरपालिकाले जनाएको छ। बालश्रम र गुणस्तरहीन सामग्री प्रयोगका गुनासोहरूलाई मध्यनजर गर्दै चन्द्रपुर नगरपालिकाले व्यवसायहरूको अनुगमनलाई तीव्र बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *