वीरगन्ज :

रौतहटमा बाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.8kViews
1548 Shares

रौतहट,१५ भदौ । रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा शनिबार बाघ देखिएको छ। जंगलसहिया सब डिभिजन वन कार्यालयका वन अधिकृत विनोद जेठाराले बाघ नजिकै देखिएको जानकारी दिएका छन्।

वन अधिकृत जेठाराले आसपासका बस्तीमा बसोबास गर्ने र दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाघले जुनसुकै समयमा आक्रमण गर्न सक्ने भएकाले घरपालुवा जनावर जंगल नजिक चराउन नलैजान पनि उनले सुझाव दिएका छन्।

त्यस्तै, राति एक्लै हिँड्ने वा बाइकमा यात्रा गर्नेहरूले सुरक्षा उपायमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि वन अधिकृतले चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *