वीरगन्ज :

रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
2.2kViews
1022 Shares

रौतहट,०७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी नाकाबाट एक जना भारतीय नागरिकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य, पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायतका २६ वर्षीय धनञ्जय कुमार झा हुन्।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७।६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्।

बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो।

पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *