वीरगन्ज :

रौतहटमा पत्रकार झुण्डिएर आत्महत्या, मेयरको धम्कीपछि डिप्रेशनमा परेको खुलासा

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.4kViews
1176 Shares

रौतहट,०४ साउन । रौतहटको कटहरिया नगरपालिका–५ निवासी युवा पत्रकार रवीन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । करिब ३० वर्षीय पत्रकार प्रजापति शनिबार बेलुका आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । पासो काटेर परिवारले उनलाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । उनी गरुडा म्युजिकल एफएममा कार्यरत थिए र रेडियोमा समाचार लेखन तथा वाचन गर्थे ।

स्थानीयका अनुसार प्रजापति लामो समयदेखि मानसिक तनावमा थिए । उनले कटहरिया नगरपालिकाको खानेपानी समस्याबारे समाचार लेखेपछि मेयर अजयप्रकाश जयसवालबाट सार्वजनिक रूपमा गालीगलौज र धम्की खेप्नुपरेको थियो । धम्कीपछि उनी निकै डिप्रेशनमा परेका थिए र डरले घर बाहिर निस्कन पनि छाडेका थिए ।

पत्रकार संगठन प्रेस चौतारी रौतहट शाखाले जेठ २९ गते नै मेयरको धम्कीको विरोधमा विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो । प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले घटनालाई गम्भीर रूपमा लिँदै पत्रकारमाथिको दुव्र्यवहार तत्काल रोक्नुपर्ने बताएका थिए ।

तर गरुडाका डिएसपी कार्कीले भने पत्रकारले आत्महत्या गर्नुको कारण मेयरको धम्की थियो भन्ने पुष्टि नभएको बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *