वीरगन्ज :

रौतहटमा दाइजोको लागि नवविवाहिको हत्या, परिवारद्वारा न्यायको माग

श्रेणी : BANNER

5 months
Pradeep Sah
2.8kViews
1393 Shares

रौतहट २८ बैशाख  । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ स्थित बिर्ती प्रष्टोका टोलमा २१ वर्षीया नवविवाहिता सानीया प्रविनको हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दर्ता गरेका छन्। मृतकका बुवा रौशनले गरुडा ईलाका प्रहरी कार्यालयमा जाहेरी दिंदै छोरीको योजनाबद्ध रूपमा हत्या गरिएको दाबी गरेका हुन्।

भारतको बिहार राज्य, पूर्वी चम्पारण, सुगौली नगरपालिकाका बासिन्दा रौशनका अनुसार, सानीयाको विवाह करिब ६ महिना अघि अरमान राय भाटसँग मुस्लिम परम्पराअनुसार भएको थियो। विवाहपछि निरन्तर दाइजोको माग गर्दै अरमान र उनकी आमा कायमा खातुनले शारीरिक तथा मानसिक यातना दिने गरेको बताइएको छ।

पीडितका बुबाका अनुसार, बैशाख २८ गते दिउँसो सानीयाको शव विपक्षीको घरको कोठामा साडीको पासोमा झुण्डिएको अवस्थामा भेटिएको थियो। तर, घटनास्थलको अवस्था र पुरानो यातनाका आधारमा यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको उनको दाबी छ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाएको छ। मृतकका परिवारले दोषीलाई पक्राउ गरी हत्या सम्बन्धी मुद्दा दर्ता गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

यो घटनाले दाइजोको नाममा हुने अत्याचार र महिलामाथिको हिंसाप्रति राज्य र समाज दुवैको उत्तरदायित्व र संवेदनशीलता अपरिहार्य भएको संकेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *