वीरगन्ज :

रौतहटमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई १३ लाख जरिवाना

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1043 Shares

रौतहट,,११ फागुन । माघ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने १,३५५ सवारी साधनलाई कारबाही गर्दै रौतहट ट्राफिक प्रहरीले १३ लाख रुपैयाँ जरिवाना असुलेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी जाँचका क्रममा मापसे गरेर सवारी चलाउने, ओभरलोड गर्ने, सिट बेल्ट वा हेल्मेट नलगाउने, कागजपत्र नबोक्ने, लाइसेन्सबिनै गाडी चलाउने, रुट परमिट नलिने, बिग्रिएको बत्ती भएका सवारीहरू कारबाहीमा परेका छन्।

कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी का अनुसार बस, ट्रक, कार, जीप, भ्यान, मोटरसाइकल लगायतका विभिन्न सवारी साधनलाई कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक जनचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *