वीरगन्ज :

रौतहटमा झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.5kViews
1607 Shares

रौतहट,१६ माघ । राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत रौतहट जिल्लामा झन्डै ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९,२६९ जना बालिकालाई खोप दिइनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ।

पहिलो चरणमा माघ २३ गतेदेखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

दोस्रो चरणमा माघ ३० गतेदेखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा, वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिनेछ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार तथा विद्यालय बाहिर १० हजारभन्दा बढी बालिकालाई खोप लगाइने जानकारी दिए।

सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा प्रमाणित एचपीभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। नेपालमा हरेक वर्ष लगभग २,२०० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र तीमध्ये १,३०० को मृत्यु हुने तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *