वीरगन्ज :

रौतहटमा चेकजाँचको क्रममा अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्वार्ता

1 week
Pradeep Sah
2.4kViews
1461 Shares

रौतहट,०८ बैशााख । रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनिक गरेको छ । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर– ६ स्थित परशुरामपुर सडकखण्ड नजिकै जाँचको क्रममा भारतबाट अवैध रूपमा भित्रिएको ठूलो रकमसहित आइतबार एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले भारत बिहार मोतिहारी जिल्लाको कुन्डवा चैनपुर ग्राम पंचायत घर भएका २१ वर्षीय राज किशोर ठाकुरलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।

उनका अनुसार पक्राउ ठाकुरको साथबाट ८ लाख भारतीय रुपैयाँ फेला परेको छ । साथै उनको साथबाट बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५०० रुपैयाँ दरका ६ लाख, २ सय रुपैयाँ दरका १ लाख र १ सय रुपैयाँ दरका १ लाख भारतीय रुपैयाँ बरामद भएको छ । बरामद रकमको कुनै स्रोत खुलाउन नसकेपछि ठाकुरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीहरू कडा निगरानीमा जुटिरहेको प्रहरी दाबी छ ।

प्रहरीले हाल पक्राउ परेका व्यक्तिको पृष्ठभूमि, रकमको स्रोत र नेपालमा भित्र्याउने उद्देश्यबारे गहिरो अनुसन्धान सुरु गरेको छ । सीमावर्ती क्षेत्रहरूमा अवैध रकमको कारोबार, सुन तस्करी, लागूऔषध ओसारपसार जस्ता गतिविधि बढिरहेको बेला यस घटनाले सुरक्षासंस्था थप सतर्क हुनुपर्ने संकेत गरेको छ । यस घटनालाई प्रहरी प्रशासनले अत्यन्त संवेदनशील मान्दै भित्री संजालमा समेत छानबिन सुरु गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *