वीरगन्ज :

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.9kViews
1758 Shares

रौतहट,१२ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट दुई जना घाइते भएका छन् ।

स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका हुन् । सोमबार बेलुकी हर्साहा चोकमा तरकारी किनिरहेको बेला सत्यनन्दनमाथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गरेका थिए ।

झगडा सुल्झाउने क्रममा अर्का युवक राजाबाबु पटेलमाथि स्थानीय अभिनाश पटेलले बञ्चरो प्रहार गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएको स्थानीयहरूले बताएका छन् ।

घाइते हजुरबुवा र नातिको ज्यान लिने उद्देश्यले आक्रमण भएको परिवारजनले आरोप लगाएका छन् । दुवैजनाको हाल वीरगन्जमा उपचार भइरहेको छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *